भारत र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर « Khabarhub

भारत र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र अमेरिकाले मंगलबारबेसिक एक्‍सचेन्ज एन्ड कोअपरेशन (बेका) सम्झौतामा हस्ताक्षर गरेका छन् ।

रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत  र अमेरिकाबीच एक आपसमा आदान प्रदान गर्ने विषयमा सम्झाता गरिएको हो ।

यस सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भएकोले यो सम्झौता निकै महत्वूर्ण रहेको बीबीसीले जनाएको छ ।

सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । ती सूचनाहरु मिसाइल, ड्रोन लगायतका आक्रमणका लागि उपयोगी हुने खबरमा उल्लेख छ । यि दुई देशको बीचमा आज नै भएको टु प्लस टु बैठकपछि सम्झौता भएको हो ।

लद्धाख घटनापछि भारत र चीन बीचमा तनाव बढिरहेको समयमा भएको भएको सम्झौताले धेरै महत्व राख्ने बीबीसीले जनाएको छ ।

टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री हिजो भारतको भ्रमणमा आएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : १७ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले