गुल्मी जीप दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत | Khabarhub Khabarhub

गुल्मी जीप दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इश्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षका डम्मर बहादुर हितान , ३३ का शिवबहादुर दर्लामी , ३० वर्षका बसन्त दर्लामी , ३३ वर्षका धनबहादुर अछामी र मालिका ५ का बर्ष ८० की सुन्दरी थापाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । इश्माकै वडा नं ४ का १९ वर्षका पर्शुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे ७ बजेतिर दुर्घटना भएको थियो । प्रहरीले जीपका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : ३१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’