पेन्सन बुझ्न सीमा नाका पुगेका नेपाली समस्यामा « Khabarhub

पेन्सन बुझ्न सीमा नाका पुगेका नेपाली समस्यामा


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- पेन्सन बुझ्नका लागि भारतको झुलाघाट पुगेका नागरिक समस्यामा परेका छन् ।

एकैदिन धेरैजना पेन्सन बुझ्नका लागि भारत पुगेपछि व्यवस्थापनमै गाह्रो भएको उनीहरुले बताएका छन् ।

लामो समयदेखि पेन्सन बुझ्न नपाएका धेरै नागरिक एकैदिन जाँदा समस्या भएको बैतडीको डिलाशैनीका सुरेश श्रेष्ठले जानकारी दिए ।

कति जनालाई जान दिने भन्ने खालको व्यवस्था नहुँदा झुलाघाट पुगेका वृद्धवृद्धा समस्यामा परेका उनले बताए ।

पेन्सनधारी धेरैजसो झुलाघाटमा अलपत्र परेका छन् । खान बस्नको ठेगान छैन, व्यवस्थित हिसाबले नाकाबाट पठाउन नसक्दा समस्या भएको छ ।

उनले भने, ‘नाका खोलेर कति जनासम्म एक दिनमा पठाउने भन्ने व्यवस्था नहुँदा समस्या भएको छ । पेन्सनधारीलाई पारि खान र बस्नको समेत समस्या भएको छ ।’

पेन्सनधारी धेरै नागरिक झुलाघाट पुगेकाले आफूहरुलाई निकै समस्या भएको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्तले बताए । उनले भने, ‘घण्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउने समस्या छ ।’

पेन्सनधारीका लागि नाका खुले पनि नाकामा व्यवस्थित आवतजावत गर्न नसक्दा समस्या भएको भारतीय नागरिक शङ्कर खडायतले बताए ।

उनले भने, ‘पाँच दिनका लागि नाका खुलेको छ । धेरै मानिस एकैदिन आएका छन् । व्यवस्थित हिसाबले पठाउन नसक्दा समस्या भएको छ ।’

सीमावर्ती भारतीय बजार झुलाघाट र नेपाली बजार झुलाघाटमा पेन्सनधारीको भीड लागेको श्रेष्ठले बताए । उनले भने, ‘बैंकले समेत नेपालमा नचल्ने झुत्रा नोट पेन्सनधारीलाई दिएको छ ।’

पेन्सनधारीका समस्या समाधानका लागि सोमबारदेखि झुलाघाट नाका पाँच दिनका लागि खुलेको छ ।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुलेको हो । नाका आजसम्म खुला रहनेछ ।

बैतडीमा एक हजार २०० भारतीय पेन्सनधारी नेपाली नागरिक छन् ।

उनीहरुले गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् ।उनीहरुले भारतीय बैंकमार्फत आफ्नो पेन्सनवापतको रकम बुझ्ने गर्दछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : ५४ बजे

गृहले गर्‍यो १० सिडिओको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : महामन्त्री थापा

काठमाडौँ –नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक, बागमतीका मुख्यमन्त्री

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको