पेन्सन बुझ्न सीमा नाका पुगेका नेपाली समस्यामा « Khabarhub

पेन्सन बुझ्न सीमा नाका पुगेका नेपाली समस्यामा


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- पेन्सन बुझ्नका लागि भारतको झुलाघाट पुगेका नागरिक समस्यामा परेका छन् ।

एकैदिन धेरैजना पेन्सन बुझ्नका लागि भारत पुगेपछि व्यवस्थापनमै गाह्रो भएको उनीहरुले बताएका छन् ।

लामो समयदेखि पेन्सन बुझ्न नपाएका धेरै नागरिक एकैदिन जाँदा समस्या भएको बैतडीको डिलाशैनीका सुरेश श्रेष्ठले जानकारी दिए ।

कति जनालाई जान दिने भन्ने खालको व्यवस्था नहुँदा झुलाघाट पुगेका वृद्धवृद्धा समस्यामा परेका उनले बताए ।

पेन्सनधारी धेरैजसो झुलाघाटमा अलपत्र परेका छन् । खान बस्नको ठेगान छैन, व्यवस्थित हिसाबले नाकाबाट पठाउन नसक्दा समस्या भएको छ ।

उनले भने, ‘नाका खोलेर कति जनासम्म एक दिनमा पठाउने भन्ने व्यवस्था नहुँदा समस्या भएको छ । पेन्सनधारीलाई पारि खान र बस्नको समेत समस्या भएको छ ।’

पेन्सनधारी धेरै नागरिक झुलाघाट पुगेकाले आफूहरुलाई निकै समस्या भएको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्तले बताए । उनले भने, ‘घण्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउने समस्या छ ।’

पेन्सनधारीका लागि नाका खुले पनि नाकामा व्यवस्थित आवतजावत गर्न नसक्दा समस्या भएको भारतीय नागरिक शङ्कर खडायतले बताए ।

उनले भने, ‘पाँच दिनका लागि नाका खुलेको छ । धेरै मानिस एकैदिन आएका छन् । व्यवस्थित हिसाबले पठाउन नसक्दा समस्या भएको छ ।’

सीमावर्ती भारतीय बजार झुलाघाट र नेपाली बजार झुलाघाटमा पेन्सनधारीको भीड लागेको श्रेष्ठले बताए । उनले भने, ‘बैंकले समेत नेपालमा नचल्ने झुत्रा नोट पेन्सनधारीलाई दिएको छ ।’

पेन्सनधारीका समस्या समाधानका लागि सोमबारदेखि झुलाघाट नाका पाँच दिनका लागि खुलेको छ ।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुलेको हो । नाका आजसम्म खुला रहनेछ ।

बैतडीमा एक हजार २०० भारतीय पेन्सनधारी नेपाली नागरिक छन् ।

उनीहरुले गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् ।उनीहरुले भारतीय बैंकमार्फत आफ्नो पेन्सनवापतको रकम बुझ्ने गर्दछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : ५४ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी