विप्लव समुहको गतिविधि बढेको भन्दै सुरक्षा गस्ती शुरु « Khabarhub

विप्लव समुहको गतिविधि बढेको भन्दै सुरक्षा गस्ती शुरु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको गतिविधि बढेको आशङ्कामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ ।

जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्तरूपमा नागरिकको सुरक्षाका लागि गाउँस्तरसम्म पहिलोपटक गस्ती परिचालन शुरु गरेको छ ।

सशक्तरूपमा सुरक्षा सतर्कता बढाउन संयुक्त टोली मङ्सिर ६ गतेदेखि विकट गाउँमा सुरक्षा गस्ती गर्न थालेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी नायब उपरीक्षक मोहन विष्टले जानकारी दिए ।

पहिलोपटक मङ्सिर ६ गतेदेखि जिल्ला सदरमुकामबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाडलगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ भने पुनः जाने तयारी भइरहेको विष्टले जानकारी दिए ।

१५ नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडि गाउँसम्मै गस्ती गरेर सदरमुकाम फिर्ता भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले हुम्ला हरपल जनताको सुरक्षा लागि सधैँ तत्पर रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर केही दिनमा पुनः गाउँस्तरसम्म गस्ती परिचालन गरिने भएको छ । केही दिन अगाडि सदरमुकाम सिमकोटस्थित कृषि विकास कार्यालयको मूलगेटमा दुईवटा सकेट बम राखिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्तीलाई बढाएका छन् ।

गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको हुम्लामा पहिलोपटक हो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १२ : ४५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा