किन बाधिन्छ कालो धागो ? यस्तो छ कारण « Khabarhub

किन बाधिन्छ कालो धागो ? यस्तो छ कारण


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसहरु हातखुट्टामा कालो धागो बाध्ने गर्दछन् । प्रायः युवतीहरुले खुट्टामा कालो धागो बाधेको देख्नु भएको होला । तर किन बाधिन्छ कालो धागो ?

ज्योतिषहरु शनी दोष बच्नकालागी कालो धागो बाध्ने गरेको बताउँछन् । कालो रंग र यस रंगको धागो शनी ग्रहसंग सम्बन्धित छ । तर शरीरमा कालो धागो बाध्नु अगाडी केही विषयमा भने विशेष ध्यान पुर्याउनु पर्दछ ।

ज्योतिषहरुका अनुसार कुण्डलीमा अनुकूल ग्रहको दशा वा प्रतिकूल ग्रह दोष निवारण गर्न कालो धागो बाध्नु पर्दछ । यसका लागी शनिबारका दिन हनुमानजीका चरणमा कालो धागो अर्पण गरेर यसलाई गेरुरंगको सिंदूर लगाएर मात्र धारण गर्नु पर्दछ ।

यसरी लगाइने कालो धागो गलामा लगाउनु पर्दछ । गलामा कालो धागो बाध्दा यसले मानिसको रोग प्रतिरोधक क्षमता बढाउने धार्मीक मान्यता रहेको छ ।

खुट्टा वा पाखुरामा लगाइने कालो धागोले खराब दृष्टिबाट बचाउने मान्यता छ । अझैपनि सानानानीका अभिभावकहरु बच्चालाई कालो टीका लगाउने गर्दछन् । यस अलावा हात वा खुट्टामा कालो धागो वा चुरा लगाइदिन्छन् । यहाँ लगाइने कालो धागोले खराब शक्तिबाट बचाउने र कुनै पनि दोष नलाग्ने धार्मीक विश्वास छ ।

कालो धागो लगाउँदा रुद्र गायत्री मन्त्र पाठ गर्ने र दैनिक बिहान यो मन्त्रको उच्चारण गर्नुपर्दछ ।

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात् ।।

कालो धागो धारण गर्दा सकेसम्म शुभ मुहूर्त वा ब्रह्म मुहूर्तमा मात्र लगाउनु पर्दछ । हात वा खुट्टामा यो धागो धारण गर्दा अन्य रंगको धागो हुनु हुदैन । यदि शनी ग्रहको प्रभावबाट बच्न कालो धागो धारण गरेको हो भने शनिबारको दिन बाध्नु उत्तम हुन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १२ : १३ बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक