ग्रीन टी पनि धेरै खाए हुनसक्छ हानी « Khabarhub

ग्रीन टी पनि धेरै खाए हुनसक्छ हानी


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल मोटोपना घटाउन ग्रीन टी पिउने गरिन्छ । ग्रीन टीले पेटको बोसो घटाउँछ भन्दै ग्रीन टी पिउनेको संख्या बढेको छ । तर ग्रीन टीको सेवन बढि मात्रामा गरेमा यसले हानी समेत पुर्याउँने गर्दछ ।

दैनिक २ कपभन्दा बढि मात्रामा ग्रीन टीको सेवनले शरीरमा हानी पुर्याउन सक्छ । चिकित्सकहरु ग्रीन टीमा पाइने क्याफिनले भोक नियन्त्रण गर्ने र मोटोपना कम हुने बताउँछन् । तर बढि मात्रामा ग्रीन टीको सेवनले शरीरमा अन्य समस्याहरु पैदा गराउँछ ।

साथै खाली पेटमा ग्रीन टीको सेवनले मेटाबोलिज्ममा असर पार्दछ । जसले पेट पोल्ने, भोक नलाग्ने र एसिड उत्पन्न हुने समस्याहरु पैदा गराउँछ । यसका साथै खाली पेटमा ग्रीन टी पिउँदा शरीरमा रगतको कमी आउँछ । तसर्थ ग्रीन टी सेवन गर्दा थोरै मात्रामा भएपनि ठोस खानेकुरा खान चिकित्सकहरु सुझाव दिन्छन् ।

ग्रीन–टीमा पाइने डिउरेटिक नामक तत्वले शरीरमा पानीको मात्रा कम गराउँछ । बढि मात्रामा ग्रीन टी पिउँदा शरीरमा पानीको मात्रा कम हुन जान्छ । जसले शरीरमा पानीको मात्रा कम गराउँछ र डिहाइड्रेशन हुन्छ । अत्याधिक ग्रीन टी पिउँदा माइग्रेन र टाउको दुख्ने समस्या हुन सक्छ । यस प्रकारको टाउको दुखाईको कारण रक्तचाप उच्च हुन सक्छ ।

ग्रीन टीको सेवन खाना खाइसकेपछि गर्नु उत्तम हुन्छ । खानापछि ग्रीन टी पिउँदा पेटसफा हुने र तौल पनि नियन्त्रण हुन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : १९ बजे

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि