लेस्टर र म्यानचेस्टर युनाइटेडको बराबरी « Khabarhub

लेस्टर र म्यानचेस्टर युनाइटेडको बराबरी


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबलमा लेस्टर र म्यानचेस्टर  युनाइटेडबीचको खेल बराबरी भएको छ ।

शनिबार राति घरेलु मैदानमा लेस्टरले म्यानचेस्टरलाई २–२ गोलको बराबरीमा रोक्दै अंक बाढ्न बाध्य पारेको छ ।

मार्कुस रासफोर्डले सुरुवातमै युनाईटेडलाई अघि बढाए । ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै रासफोर्डले खेलको पहिलो गोल गरे ।लगत्तै हार्वे बान्स्रले लेस्टरका लागि बराबरी गोल फर्काए ।

७९औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै पुन युनाइटेडलाई अघि बढाए । मैदान छिरेको केही मिनेटमै ईडिन्सन काभानीको चलाखीपूर्ण पासमा फर्नान्डेजले युनाईटेडलाई २–१ को अवस्थामा पुर्‍याए ।

त्यसको ६ मिनेटमा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काए ।

बराबरीसँगै लेस्टर २८ अंकसहित दोस्रो र युनाइटेड २७ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ ।

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ६ : २५ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते