विश्वभर २ करोड २० लाख सक्रिय संक्रमित, १ लाखभन्दा बढी  सिकिस्त « Khabarhub

विश्वभर २ करोड २० लाख सक्रिय संक्रमित, १ लाखभन्दा बढी  सिकिस्त


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख ४७ हजार २८८ पुगेको हो ।

यसमध्ये १ लाख ५ हजार ६१७ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ७ लाख ५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख २१ हजार ६३७ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाख ९४ हजार १२५ पुगेको हो ।

यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८८ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १७ लाख ६४ हजार ३२९ पुगेको छ ।

चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा फैलिरहँदा खोप निर्माणले प्रयोगले पनि तीव्रता पाएका छन् । तर, कोरोना भाइरसको नयाँ प्रजातिसमेत फेला परेपछि विश्वभर चिन्ता सुरू भएका छन् ।

बीबीसीका अनुसार बेलायत र फ्रान्समा देखिएको कोरोना भाइरसको नयाँ प्रजाती हाल युरोपका स्पेन, स्वीडेन र स्विजरल्याण्डमा देखिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ७ : २० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि