साउदीका राजकुमार सलमानले लगाए कोरोनाविरूद्धको पहिलो खोप « Khabarhub

साउदीका राजकुमार सलमानले लगाए कोरोनाविरूद्धको पहिलो खोप


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप सुरु भएसँगै साउदी अरबका राजकुमार मुहम्मद बिन सलमानले पहिलो खोप लगाएका छन् ।

राजकुमार सलमानसँगै त्यहाँका संस्कृति मन्त्री बद्र बिन फरहान, गृहमन्त्री अब्दुलाजीज बिन सउद बिन नायफ र सामान्य मनोरन्जन प्राधिकरण टर्की अल-शेखले पनि कोरोनाविरूद्धको खोप लगाएको साउदी प्रेस एजेन्सी जनाएको छ ।

नागरिकहरुलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न, निरन्तर अनुगमन र सहायोग गरेकोमा राजकुमार सलमानलाई स्वास्थ्य मन्त्री डा. अल-रबियाहले धन्यवाद व्यक्त गरेका छन् ।

यो साउदीका सबै स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराइने र यहाँ नागरिक तथा नेपालीसहित अन्य आप्रबासी कामदारहरुलाई पनि यो खोप नि: शुल्क रुपमा प्रधान गरिनेछ।

यो समाचार तयार पार्दासम्म साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६२ हजार ६६ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ३ लाख ५३ हजार ४ जना पुगेको छ भने सङ्क्रमितबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार १७६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : २६ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय