साउदीका राजकुमार सलमानले लगाए कोरोनाविरूद्धको पहिलो खोप « Khabarhub

साउदीका राजकुमार सलमानले लगाए कोरोनाविरूद्धको पहिलो खोप


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप सुरु भएसँगै साउदी अरबका राजकुमार मुहम्मद बिन सलमानले पहिलो खोप लगाएका छन् ।

राजकुमार सलमानसँगै त्यहाँका संस्कृति मन्त्री बद्र बिन फरहान, गृहमन्त्री अब्दुलाजीज बिन सउद बिन नायफ र सामान्य मनोरन्जन प्राधिकरण टर्की अल-शेखले पनि कोरोनाविरूद्धको खोप लगाएको साउदी प्रेस एजेन्सी जनाएको छ ।

नागरिकहरुलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न, निरन्तर अनुगमन र सहायोग गरेकोमा राजकुमार सलमानलाई स्वास्थ्य मन्त्री डा. अल-रबियाहले धन्यवाद व्यक्त गरेका छन् ।

यो साउदीका सबै स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराइने र यहाँ नागरिक तथा नेपालीसहित अन्य आप्रबासी कामदारहरुलाई पनि यो खोप नि: शुल्क रुपमा प्रधान गरिनेछ।

यो समाचार तयार पार्दासम्म साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६२ हजार ६६ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ३ लाख ५३ हजार ४ जना पुगेको छ भने सङ्क्रमितबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार १७६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : २६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा