निकलाई हराउँदै नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा « Khabarhub

निकलाई हराउँदै नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस शीर्ष स्तरका खेलाडी राफार नाडाल चिरपरिचित प्रतिद्वन्दी निक कार्गीसोलाई पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनल प्रवेशका लागि नाडालले कार्गीसोलाई ३–१ को सेटमा पराजित गरेको हो । ३३ बर्षिय नाडालले कार्गीसोलाई पहिलो, तेस्रो र चौथो राउण्डमा पाजित गरेका थिए । भने दोस्रो सेटमा पराजित भएका थिए ।

नाडालले कार्गिसोलाई पहिलो सेटमा ६–३ मा हराउँदा दोस्रो सेट ३–६ ले गुमाएका थिए भने रोमाञ्चक बनेको खेलमा तेस्रो सेटमा नाडालले लय समात्दै समान ७–६, ७–६ को स्कोरमा जीत हात पारेका थिए ।

पराजित कार्गीसोले खेल अगाडिको वार्म अप खेलमा आइतबार बेलुका हेलीकप्टर दुर्घटनामा मृत्यु भएका बास्केटबल लेजेन्ड कोबी ब्रायटको सम्मान उनको २४ नम्बर जर्सि लगाएका थिए ।

क्वाटरफाइनलमा स्थान बनाएका नाडाल अब अन्तिम ८ मा डोकिनिक थिमेको सामना गर्नेछन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : ५६ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन