सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाई « Khabarhub

सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाई


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज बहस सकिएर सुनुवाई हुनेछ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार सोमबार दिनभर बहस भए पनि नसकिएकाले आज सुनुवाइ हुनेछ ।

सभामुखको हैसियतमा सापकोटालाई काम नगर्न/नगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन ।

नवनिर्वाचित सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । उनीविरुद्ध काभ्रे प्रहरीमा समेत उजुरी छ ।

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : ३४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको