काभ्रेमा प्रहरीद्वारा २५ सय लिटर घरेलु मदिरा नष्ट « Khabarhub

काभ्रेमा प्रहरीद्वारा २५ सय लिटर घरेलु मदिरा नष्ट


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको बनेपामा रहेका विभिन्न होटलबाट बरामद गरिएको २५ सय लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको टोलीले सोमबार साँझ बरामद गरेको २५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

बनेपाका होटलमा अवैधरुपमा घरेलु मदिरा बिक्री गरिरहेको जानकारी पाएपछि ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत होटलको अनुगमन गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार बरामद गरिएको होटललाई ‘आइन्दा घरेलु मदिरा बिक्री–वितरण नगर्न’ सचेत गराइएको छ ।

बरामद मदिरा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बनेपा नगरपालिका–५ चप्लेटीमा नष्ट गरिएको छ । तिमल्सिनाले बनेपा नगरलाई घरेलु मदिरामुक्त बनाउन अनुगमनलाई तीव्रता दिइने बताउनुभयो । यसैगरी बनेपामा सुरक्षा एवं अवैध सामग्री बिक्रीवितरमा प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीले गत साता बनेपा बसपार्क र चाँदनीचोकस्थित मोबाइल पसलबाट राजश्व छलिएका ३० थान ब्राण्डेड मोबाइल सेट बरामद गरी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ०६ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने