बन्चरे डाँडालाई मेलेम्ची–२ बनाउन खोज्नेको नाम सार्वजनिक गरिन्छ: राज्यमन्त्री मानन्धर | Khabarhub Khabarhub

बन्चरे डाँडालाई मेलेम्ची–२ बनाउन खोज्नेको नाम सार्वजनिक गरिन्छ: राज्यमन्त्री मानन्धर


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधीन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण  कार्यमा फेरि अवरोध आएपछि शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्माण स्थलको छड्के अनुगमन गरेका छन् ।

उपत्यकाको फोहर व्यवस्थापनमा कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा निर्माण कार्य थप्प भएपछि मन्त्री मानन्धर सडक विभागका इन्जिनियरहरुसहित निर्माण स्थल पुगेका हुन् ।

बन्चरेडाँडालाई मेलम्ची-२ बनाउन खोज्नेहरु सलबलाईरहेको बताउँदै मन्त्री मानन्धरले राज्यको लगानीमाथि खेलवाड गर्नेहरुलाई कारबाही गरिछाड्ने चेतावनी दिएका छन् ।

‘मेलम्ची खानेपानी आयोजना सकिन कति वर्ष लाग्यो ? बन्चरे डाँडालाई पनि मेलम्चीकै हालतमा पुर्‍याउन खोज्नेहरु सलबलारहेका छन्,’ राज्यमन्त्री मानन्धरले भने ।

मन्त्रीसहितको टोली पुग्दा निर्माण स्थलमा क्रसर उद्योगले गिटी, बालुवा र ढुंगा पैठारी गरिरहेको समेत पाइयो । ल्याण्डफिल्ड साइट निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागको हेलचेक्र्याइका कारण निर्माणस्थलमा अवरोध आएको स्थानीयले आरोप लगाएका छन् ।

गत पुस पहिलो साता मन्त्री मानन्धरसँगै बन्चरेडाँडा पुगेका सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल र आयोजना निर्देशक पदम मैनालीले फागुन पहिलो साताभित्र फोहर व्यवस्थापन गर्नेगरी तीन सिफ्टमा काम गर्ने प्रतिवद्वता जनाएका थिए । तर विभागकै कारण काम रोकिएपछि स्थानीय थप आक्रोशित बनेका छन् ।

सोमबार मध्यान्ह मन्त्री मानन्धरसँगै सडक डिभिजन कार्यालय काठमाडौंका डिजी कुबेर नेपाली, इन्जिनियर अशोक शाक्य र मधुसुदन लामिछाने पनि पुगेका थिए ।

बन्चरेडाँडासम्म पुग्ने सडक पिच तत्काल गर्नेगरी काम अघि बढाइएको नेपालीले बताए । बन्चरेडाँडा पुग्ने छोटो दुरीको सडक निर्माणका बारेमा पनि अध्ययन थालिने छ ।

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १० : ३० बजे

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा

नायक विजय बरालाई पुत्री लाभ

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

तनहुँ– व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध

इन्डोनेसिया र युरोपेली सङ्घबीच ऐतिहासिक व्यापार सम्झौता

एजेन्सी– झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको