सप्तरी जिल्लामा १ हजार छोरी बीमित « Khabarhub

सप्तरी जिल्लामा १ हजार छोरी बीमित


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– २ नम्बर प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरी जिल्लामा हालसम्म १ हजारभन्दा बढी छोरी बीमित भएका छन् ।

१५ माघ २०७५ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत हालसम्म एक हजार १२ छोरीले बीमा गराएका हुन् । यो सङ्ख्या प्रदेशका ८ वटै जिल्लामध्ये सबैभन्दा बढी रहेको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका संयोजक प्रियङ्का यादवले जानकारी दिइन् ।

संयोजक यादवका अनुसार बीमा गराएकी बालिकाले २० वर्षपछि एकमुष्ट १ लाख २५ हजार पाउने छन् । शिविरमार्फत बोदेवसाइन नगरपालिकामा १८४, हनुमाननगर कङ्कालिनीमा २९३, डाक्नेश्वरीमा २७६, अग्नीसाइर कृष्णासवरणमा १२१, कञ्चनरुपमा १२४ तथा तिरहुत गाउँपालिकामा २४ छोरीले बीमा गराएका छन् ।

बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकजनाको नागरिकता र बच्चा तथा अभिभावकको ६/६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक व्यवस्था मिलाएको संयोजक यादबको भनाइ छ ।

शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरू, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।

माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको वीरगञ्जका साथै ८ वटै जिल्लामा एकसाथ शुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालित रहनेछ । शिविरमा बीमा गराउने बालिकाको परिवारले ३ महिनाका लागि सुविसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेका संयोजक यादवले बताइन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १० : ५२ बजे

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी