आगोको महासंकटपछि माकुराको संकटमा अष्ट्रेलिया « Khabarhub

आगोको महासंकटपछि माकुराको संकटमा अष्ट्रेलिया


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आगोको महासंकटबाट गुज्रिएको अष्ट्रेलिया माकुराको संकटमा फसेको छ ।

जंगलमा फैलिएको डढेलो नियन्त्रणमा नआएर संकटमा फसिरहेको अष्ट्रेलियालाई अहिले बिषालु माकुराको संकट आइलागेको हो ।

अष्ट्रेलियाका शहरमा यस्तो माकुरा देखिएको छ, जसले १५ मिनेटमै मानिसको ज्यान लिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘फनेल वेब स्पाइडर’ नामको उक्त माकुराले टोक्दा १५ मिनेटमा मानिसको मृत्यु हुने गरेको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै सार्बजनिक भएका समाचारहरुमा उल्लेख छ ।

अष्ट्रेलियाको जंगलमा लागेको आगोका समयमा ती माकुराहरु जमिनभित्र छिरेका थिए। तर अहिले परेको भारी वर्षापछि आएको बाढीका कारण बिषालु माकुराहरु बस्तीमा छिरेका हुन ।

यस्ता माकुराका ४० प्रजाति रहेको बताइएको छ। यो संसारकै सबैभन्दा खतरनाक र विषालु माकुरा भएको बताइएको  छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १२ : ०७ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६