बाजुरामा चार रेक्टरको भूकम्प « Khabarhub

बाजुरामा चार रेक्टरको भूकम्प


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी – बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौ‌ंले जनाएको छ ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । उनले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपुर्‍याएको बताए । एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन् ।

जिल्लामा पटक-पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ ।

पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १ : ११ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान