काठमाडौंमा मोटरसाइकल र स्कुटर चोरी गर्ने २ जना पक्राउ « Khabarhub

काठमाडौंमा मोटरसाइकल र स्कुटर चोरी गर्ने २ जना पक्राउ


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंका विभिन्न ठाउँबाट स्कुटर तथा मोटरसाइकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको माझिटार स्थायी घर भएर काठमाडौंको नागार्जुन नगरपालिका–२ गैरीगाउँ बस्दै आएका सुनिल लामा छन् ।

प्रहरीले लामालाई चोरीका ४ वटा मोटरसाइकलसहित सोमबार गैरी गाउँबाटै पक्राउ गरेको हो ।

स्कुटर तथा मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानका क्रममा महानगरीय प्रहरी बृत्त स्वम्भूको टोलीले लामालाई चोरीका स्कुटरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका लामाको साथबाट बा ४५ प ३२२१ नम्बरको एभिएटर स्कुटर तथा बा ४६ प २३७१, बा ५९ प ८९५९ र बा ५६ प २१५२ नम्बरको डियो स्कुटर बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोमबार साँझ कालिमाटीस्थित सडकबाट प्रदेश नं.३–०२–००७ प ६८९१ नम्बरको मोटरसाइकल चोरी गरेर माग्दै गरेको अवस्थामा अर्का १ जना व्यक्ति समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–६ का नियाज आलम छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १ : २६ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा