गुठी संस्थानका प्रशासक र उपप्रशासकविरुद्ध घुस अभियोगमा मुद्दा दर्ता | Khabarhub Khabarhub

गुठी संस्थानका प्रशासक र उपप्रशासकविरुद्ध घुस अभियोगमा मुद्दा दर्ता


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका दुई कर्मचारीविरुद्ध घुस अभियोगमा मुद्दा दर्ता गरेको छ ।

संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीविरुद्ध घुस अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

उनीहरुले काठमाडौं महानगरपालिका वडा नं– १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

घुस लिएको अभियोगमा केही दिन अघि अख्तियारको टोलीले दुबैजनालाघ नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा संस्थानका प्रशासक चौधरी र उप–प्रशासक रेग्मीको प्रत्यक्ष योजना र मिलेमतोमा गुठीको जग्गा गुठीमा नै दर्ता गरी दिने शर्तमा सेवाग्राहीसँग आठ लाख लिएको प्रमाण फेला परेको अख्तियारले जनाएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ५ : ०१ बजे

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्