क्वारेन्टाइनमा रहेकाको दोस्रो पटक कोरोना परीक्षण गरिँदै, रिपोर्ट नेगेटिभ आए २१ गतेसम्म घर पठाइने | Khabarhub Khabarhub

क्वारेन्टाइनमा रहेकाको दोस्रो पटक कोरोना परीक्षण गरिँदै, रिपोर्ट नेगेटिभ आए २१ गतेसम्म घर पठाइने


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना (कोभिड–९) भाइरसको उद्गमस्थल चीनको वुहान शहरबाट नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपालीको दोस्रो पटक स्वास्थ्य परीक्षण गरिने भएको छ ।

क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा (फागुन १७ गते) १ सय ७५ जनामा कोरोनाको संक्रमण रहे–नरहेको बुझ्न स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार शनिबार क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोना संक्रमण रहे–नरहेको बुझ्न मुखको ¥याल (स्वाब)सहित नमूना लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिए ।

सरकारले फागुन ३ गते (शनिबार) चीनको वुहानबाट उद्दार गरेर ल्याएका १ सय ७५ जना नेपाली फागुन ४ गते (आइतबार)देखि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बस्दै आएका छन् । उनीहरुको गत फागुन ४ गते नै नमूना लिएर कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको थियो ।

नमूना संकलन गरिएको ७२ घण्टा (३ दिन पछि) फागुन ७ गते आएको रिपोर्टमा क्वारेन्टमा रहेका सबैमा कोरोनाको संक्रमण नभएको देखिएको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको २ हप्ता (१४ दिन) पछि पुनः दोस्रो पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । सामान्यतः कुनै व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोस्रो पटक स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

यद्यपि पछिल्लो समय चीनमा कोरोना संक्रमण देखिएर उपचार पछि निको भएका भनिएका व्यक्तिमा ४० दिनपछि पुनः संक्रमण देखिएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल सरकारले भने दोस्रो पटकको स्वास्थ्य परीक्षण गरेपछि कुनै पनि व्यक्तिमा संक्रमण नभएको देखिए क्वारेन्टाइनमा रहेका सबै जनालाई घर पठाउने तयारी गरेको छ ।

सरकारले क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको बारे परीक्षण गर्न शनिबार नमूना संकलन गरिने जनाएको छ । शनिबार संकलन गरिएको नमूनाको परीक्षण पश्चात करिब ७२ घण्टा पछि रिपोर्ट आउने छ ।

क्वारेन्टाइनमा रहेका नेपालीको नमूना संकलनका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तयारी शुरु गरिसकेको छ ।

कोरोना परीक्षणको रिपोर्टमा कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको नदेखिए आगामी मंगलबारदेखि बुधबार (२० देखि २१) गतेसम्म सबै जनालाई घर पठाइने स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालको भनाइ छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ११ : ३० बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै 

काठमाडौं– परिवारसँग सम्बन्धित विषयका बारेमा जागरुकता बढाउन र परिवारहरूलाई असर

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर

काठमाडौं – अस्ट्रेलियाका ब्याटर ज्याक फ्रेजर म्याक गुरुकले आईपीएलका बाँकी

स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल

काठमाडौं – स्पेनिस ला लिगाको बुधबार राति भएको खेलमा रियल

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गते बोलाउन सिफारिस

पोखरा– गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन यही जेठ