बद्लियो शुक्रको गोचर, ८ राशी भएकालाई फाइदा « Khabarhub

बद्लियो शुक्रको गोचर, ८ राशी भएकालाई फाइदा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शुक्र ग्रहलाई जीवनमा सबै प्रकारको सुख सुविधा दिने कारक मानिन्छ । यस्तोमा यहि २९ फेब्रुअरीबाट शनिवारको राति १ बजेर ४५ मिनेटबाट शुक्र मेष राशिमा प्रवेश गर्दैछ ।

ज्योतिषविद्का अनुसार मेष राशिमा शुक्र आउनाले ८ राशीमा धनलाभको सम्भावना बन्नेछ । यस गोचर कालमा धन, व्यापार र सफलतामा बढोतरी मात्र हुनेछैन ती ८ राशीलाई कर्जाबाट समेत मुक्ति मिल्नेछ ।

कुन हुन् त ती भाग्यमानी ८ राशी ?

१. मिथुन राशी

शुक्र देवको कृपा पाउनाले मिथुन राशीका ब्यक्तिलाई धन प्राप्ती हुनुका साथै रचनात्मक क्षेत्रमा राम्रो लाभ मिल्नेछ । आर्थिक स्थिति मजबूत हुनाले कुनै पनि कलात्मक कार्यमा तत्काल आम्दानी हुनेछ ।

२. कर्कट राशी
कर्कट राशीका जातकका लागी औसतमा सामान्य धनलाभ हुनेछ । यस अवधीमा व्यवसायमा पूजी लगानी गर्ने र कामकाजका लागी बाहिर जानु पर्ने हुनसक्छ । कार्यस्थलका महिला कर्मचारीलाई प्रसन्न राखेमा सफलता प्राप्त हुनेछ ।

३. सिंह राशी
यात्रामा धनलाभ हुने संभावना छ । यसका अलावा ग्ल्यामर, सञ्चार, कला तथा अभिनयका क्षेत्रमा काम गर्नेहरुका लागी यो आम्दानी गर्ने सबैभन्दा राम्रो समय हो । दाजुभाइ दिदीबहिनीबीचको वैमन्स्यता कम गरेमा अधिक लाभ मिल्ने सम्भावना छ ।

४. तुला राशी
तुला राशिका जातकका लागी यस अवधिमा व्यापार तथा लगानीबाट अपेक्षित लाभ मिल्नेछ । लाभ मात्र होइन यस अवधिमा स्वास्थ्य समस्याबाट समेत छुटकारा प्राप्त हुनेछ । व्यावसायका साझेदारबाट अत्यधिक लाभ मिल्नेछ ।

५. वृश्चिक राशी
यस गोचरका प्रभावले खर्चमा अप्रत्याशित वृद्धि हुनेछ । कामकाजका सिलसिलामा यात्रा हुन सक्छ । जागिरेहरुलाई यस अवधिमा धनबर्षाको योग छ । वृश्चिक राशीका जातकका लागी यस अवधिमा कर्जा चुकाउने समय रहेको छ ।

६. धनु राशी
कर्जामा डुबेका धनु राशीका ब्यक्तिका लागी यस गोचर अत्यधिक लाभदायक रहेको छ । यस अवधिमा आम्दानी बढ्ने तथा आर्थिक स्तर मजबूत हुने पक्कापक्कि छ । तर यस अवधिमा नौकरी बदल्नु पर्ने अवस्था पनि आउनसक्छ ।

७. कुम्भ राशी
यस गोचरको अवधीमा कुम्भ राशीका ब्यक्तिले तनावबाट मुक्ति पाउनेछन् । साथै सापटी दिएको धन फिर्ता हुन थाल्नेछ । अपरिचितबाट सहयोग पाइएपनि विश्वासका पात्रबाट धोका हुनसक्छ । आफ्नो पिता वा पतीमा धन खर्च गर्नुपर्ने हुनसक्छ ।

८ मीन राशी
यस गोचरको प्रभावले धनका मामलामा राम्रो लाभ दिनेछ । धन प्राप्त हुने मात्र होइन सञ्चय पनि हुनेछ । जसले आर्थिक स्थिति मजबूत बन्न गई पैतृक सम्पतीबाट समेत लाभ मिल्नेछ । सवारी साधनको प्राप्ति हुने प्रबल सम्भावना छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ३२ बजे

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर