कोरोना संक्रमित इरानी उपराष्ट्रपतिले भेटिन राष्ट्रपतिलाई « Khabarhub

कोरोना संक्रमित इरानी उपराष्ट्रपतिले भेटिन राष्ट्रपतिलाई


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– उपस्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित भएको केही दिनपछि नै इरानकी उपराष्ट्रपतिमा समेत यसको संक्रमण पुष्टि भएको छ । इरानकी उपराष्ट्रपतिमा मासुमेह एब्तेकारमा कारोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नतिजा आइसकेपछि पनि उनले राष्ट्रपति हसन रौहानीसँग भेटवार्ता गरेकी थिइन् । यसपछि भने त्यहाँका उच्च पदस्थ अधिकारीहरु पनि सतर्क रहेको जनाइएको छ ।

त्यहाँको स्वास्थ्यमन्त्रालयले उपराष्ट्रपतिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो । उनी इरान सरकारमा सहभागी सबैभन्दा वरिष्ठ महिला हुन् । उनको घरमै उपचार भइरहेको जनाइएको छ ।

उपराष्ट्रपतिमा नै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि इरानले शुक्रबारको इस्लामिक प्रार्थाना सभा रद्द गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै शुक्रबारको इस्लामिक प्रार्थाना सभा रद्द गरिएको हो । इरानका ९ सय भन्दा धेरै शहरमा इस्लामिक धर्मगुरुहरुले शुक्रबारको प्रार्थाना सभा आयोजना गर्दै आएका छन् ।

यसबाहेक त्यहाँको सरकारले कोम र मशहद शहरमा रहेका शिया पवित्र तीर्थस्थलहरुमा मानिसहरुलाई जमघट गर्न प्रतिबन्ध लगाइएको छ । कोम शहर इरानमा कोरोना भाइरसको सबैभन्दा धेरै प्रभावित शहर हो ।

शुक्रबारसम्म इरानमा कोरोना भाइरसका कारण ३४ जनाको ज्यान गएको छ भने अरु ३ सय ८८ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ ।

इरानका छिमेकी मुलुकहरु अफगानिस्तान बहराइन, इराक, कुवेत, ओमन र पाकिस्तानमा समेत यसको संक्रमण देखा परेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ३१ बजे

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता