कोरोना संक्रमित इरानी उपराष्ट्रपतिले भेटिन राष्ट्रपतिलाई | Khabarhub Khabarhub

कोरोना संक्रमित इरानी उपराष्ट्रपतिले भेटिन राष्ट्रपतिलाई


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– उपस्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित भएको केही दिनपछि नै इरानकी उपराष्ट्रपतिमा समेत यसको संक्रमण पुष्टि भएको छ । इरानकी उपराष्ट्रपतिमा मासुमेह एब्तेकारमा कारोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नतिजा आइसकेपछि पनि उनले राष्ट्रपति हसन रौहानीसँग भेटवार्ता गरेकी थिइन् । यसपछि भने त्यहाँका उच्च पदस्थ अधिकारीहरु पनि सतर्क रहेको जनाइएको छ ।

त्यहाँको स्वास्थ्यमन्त्रालयले उपराष्ट्रपतिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो । उनी इरान सरकारमा सहभागी सबैभन्दा वरिष्ठ महिला हुन् । उनको घरमै उपचार भइरहेको जनाइएको छ ।

उपराष्ट्रपतिमा नै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि इरानले शुक्रबारको इस्लामिक प्रार्थाना सभा रद्द गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै शुक्रबारको इस्लामिक प्रार्थाना सभा रद्द गरिएको हो । इरानका ९ सय भन्दा धेरै शहरमा इस्लामिक धर्मगुरुहरुले शुक्रबारको प्रार्थाना सभा आयोजना गर्दै आएका छन् ।

यसबाहेक त्यहाँको सरकारले कोम र मशहद शहरमा रहेका शिया पवित्र तीर्थस्थलहरुमा मानिसहरुलाई जमघट गर्न प्रतिबन्ध लगाइएको छ । कोम शहर इरानमा कोरोना भाइरसको सबैभन्दा धेरै प्रभावित शहर हो ।

शुक्रबारसम्म इरानमा कोरोना भाइरसका कारण ३४ जनाको ज्यान गएको छ भने अरु ३ सय ८८ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ ।

इरानका छिमेकी मुलुकहरु अफगानिस्तान बहराइन, इराक, कुवेत, ओमन र पाकिस्तानमा समेत यसको संक्रमण देखा परेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ३१ बजे

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या

एसिसी यु-१६ कप फाइनल : सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल, दोस्रो बलमै लियो पहिलो विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

रामेछाप– आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी

चैते धान बिक्री नहुँदा किसान चिन्तित 

कैलाली– कैलालीको भजनी नगरपालिका– ३ का सन्तलाल चौधरी चैते धान

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको