लकडाउनको पाचौं दिन : आजदेखि न्यूनतम आवागमन खुल्ला « Khabarhub

लकडाउनको पाचौं दिन : आजदेखि न्यूनतम आवागमन खुल्ला


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउन गरिएको पाचौं दिन आजदेखि न्यूनतम आवागमन खुल्ला भएका छन् ।

कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेसँगै आजदेखि अत्यावश्यक सवारीसाधन सहजरुपमा सञ्चालनमा आएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो ।

सोही निर्णय अनुरुप आजदेखि न्यूनतम पूर्वाधार सञ्चालनमा आएका हुन् । समितिको उक्त निर्णयले आजदेखि दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी र वितरणसँगै ग्राहकको आवागमन रोकिने छैन ।

नागरिकलाई संयमित भएर, केही दूरी कायम गरेर, भीडभाड नगरी आफ्नो स्वास्थ्य सुरक्षा ख्याल गरेर मात्रै किनमेल गर्न सरकारले सुझाव दिएको छ ।

समितिको यो निर्णयसँगै मुलुकका विभिन्न स्थानमा रोकिएका विदेशी पर्यटकलाई सडक र हवाई मार्गबाट उद्धार गरेर काठमाडौं ल्याइनेछ ।

यस्तै केही श्रमिक उद्योग एवं कारखाना बन्द भएपछि मुलुकभित्रै अप्ठेरोमा परेका श्रमिकलाई सुरक्षित ढङ्गबाट गन्तव्यसम्म पुर्‍याउन पनि निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

‘कहीँकतै खाद्य सामग्रीका ढुवानीका साधन रोकिएका रहेछन्, सामान्य किनमेल गर्न जाँदा कोही रोकिएका रहेछन्, अथवा कहीँ भन्सार विन्दुदेखि बजार विन्दुसम्म अवरोध भएको रहेछ भने त्यसलाई सहजीकरण गर्ने निर्णय भएको छ,’ मन्त्री खतिवडाले भने ।

निर्माणसम्बन्धी कार्यहरुमा कामदारको रुपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकहरुलाई आ–आफ्नो गृह जिल्लासम्म  पुर्‍याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई समितिले निर्देशन दिएको छ ।

समितिले विदेशमा अध्ययनका लागि गएका र बेखर्ची अवस्थाका विद्यार्थीलाई बाबुआमाले उनीहरुलाई खर्च पठाउन चाहेमा विदेशी मद्रा सटहीको व्यवस्था गर्न सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ५४ बजे

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं– काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका