आज देशभरको मौसम सफा रहने « Khabarhub

आज देशभरको मौसम सफा रहने


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य भू-भागका केही स्थानमा हल्का वर्षा भएकोछ।

शनिबार दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । राति भने देशभरको मौसम सामान्यतया सफा रहने छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १५ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १६ गते (आइतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १७ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ०४ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक