विश्वमा कोरोनाको कहर : ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय पुग्यो « Khabarhub

विश्वमा कोरोनाको कहर : ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय पुग्यो


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ ।

कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ ।

अहिले कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ३ हजार ७ सय ९८ पुगेको छ ।

अमेरिकामा १८ हजार ३ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने १ हजार ६ सय ९३ पुगेको छ । जसमा ३ सय ९८ नयाँ मृत्यु हुन् ।

इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । शुक्रबार एकै दिन इटालीमा कोभिड–१९ का कारण ९ सयजना भन्दा बढीको ज्यान गएको हो ।

कोरोना भाइरसको महामारी फैलिय यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।

युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा प्रायः सबै चिज बन्द रहेका छन् । तर पनि संक्रमितको मृत्यु हुने क्रम भने कम हुन सकेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : १३ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल