काठमाडौंमा लकडाउनको उल्लंघन गर्ने आज बिहानै ४ सय ५० बढी पक्राउ « Khabarhub

काठमाडौंमा लकडाउनको उल्लंघन गर्ने आज बिहानै ४ सय ५० बढी पक्राउ


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आज लकडाउनको पाचौं दिन । काठमाडौं लगायत मुलुकका अधिकांश शहरी क्षेत्र सुनसान छन् ।

सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरेको समयमा उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिइरहेको छ ।

आज बिहानमात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ४ सय ५२ जना पक्राउ परेका छन् । त्यसैगरि ९६ मोटरसाईकल र चार गाडी समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मानिसबाट मानिसमा कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले मेसिनको सहयोगमा सडकमा निस्किनेहरुलाई पक्राउ गर्न थालेको छ ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो।

निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ। प्रहरीले यसअघि पञ्जा लगाएर समात्दा पनि थुक वा र्‍यालयबाट कोरोना भाइरस सर्ने जोखिम बढेपछि मेसिनको प्रयोग गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किने मानिसलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यो मेसिनको प्रयोगले निश्चित दूरी कायम गर्ने भएकाले केही सुरक्षित हुने बताए। प्रहरीले आम सर्वसाधारणलाई बिना काम घर बाहिर ननिस्किँन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : ०० बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ