इटालीमा कोरोना भाइरसको उपचारमा संलग्न ५१ जना चिकित्सकको मृत्यु « Khabarhub

इटालीमा कोरोना भाइरसको उपचारमा संलग्न ५१ जना चिकित्सकको मृत्यु


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालीमा कोरोना भाइरसको उपचारमा संलग्न ५१ जना चिकित्सकको मृत्यु भएको छ ।

महामारी फैलिएयता इटालीमा कोरोना भाइरसका कारण कम्तिमा ५१ जना चिकित्सकको मृत्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ ।

मृत्यु हुने ५१ जना चिकित्सकमध्ये ३२ जना सबैभन्दा बढी प्रभावित मानिएको लोम्बार्दी क्षेत्रका भएको जनाइएको छ ।

एसोसिएसनका अध्यक्ष फिलिप्पो एनेलीले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ इकुप्मेन्टको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार रातिसम्म इटालीमा कोरोना भाइरसको संक्रमणका कारण ९ हजार १३४ जनाको मृत्यु भएको छ भने ८६ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : २३ बजे

हटेन रसुवागढीको हैरानी : नेपाली कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएनन्

काठमाडौं- रसुवा नाका हुँदै चीनको केरुङबाट सामान ढुवानी गर्नेबारे नेपाल

निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा