अमेरिकामा १७ सय बढीको मृत्यु, एक लाख भन्दा धेरै संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा १७ सय बढीको मृत्यु, एक लाख भन्दा धेरै संक्रमित


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका सबै भन्दा बढी संक्रमित देखिएको अमेरिकामा मृतकको संख्या पनि अस्वाभाविक तवरले बढेको छ ।

एकैदिन ४ सय भन्दा बढीको मृत्यु भएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ सय ४ पुगेको छ ।

उपचारारत २५ सय मानिस सिकिस्त रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार थप १८ हजार ७ सय मानिसहरुमा संक्रमण देखिएपछि संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा कोरोना भाइरसको केन्द्र अब अमेरिका हुन सक्ने डब्लूएचओको आकलन सत्य नजिक पुगेको छ ।

सबै राज्यमा कोरोना भाइरस देखिएपछि अनिश्चितकालिन राष्ट्रिय संकटकालमा रहेको अमेरिकाले अन्तराष्ट्रिय उडान बन्द गरेर मुलुकलाई लकडाउनको अवस्थामा राखेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : ४० बजे

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण