अमेरिकामा १७ सय बढीको मृत्यु, एक लाख भन्दा धेरै संक्रमित « Khabarhub

अमेरिकामा १७ सय बढीको मृत्यु, एक लाख भन्दा धेरै संक्रमित


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका सबै भन्दा बढी संक्रमित देखिएको अमेरिकामा मृतकको संख्या पनि अस्वाभाविक तवरले बढेको छ ।

एकैदिन ४ सय भन्दा बढीको मृत्यु भएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ सय ४ पुगेको छ ।

उपचारारत २५ सय मानिस सिकिस्त रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार थप १८ हजार ७ सय मानिसहरुमा संक्रमण देखिएपछि संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा कोरोना भाइरसको केन्द्र अब अमेरिका हुन सक्ने डब्लूएचओको आकलन सत्य नजिक पुगेको छ ।

सबै राज्यमा कोरोना भाइरस देखिएपछि अनिश्चितकालिन राष्ट्रिय संकटकालमा रहेको अमेरिकाले अन्तराष्ट्रिय उडान बन्द गरेर मुलुकलाई लकडाउनको अवस्थामा राखेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : ४० बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र