कोरोना भाइरसविरुद्ध लड्न पूर्व डीआईजी खरेलले दिए सरकारलाई यस्ता सुझाव « Khabarhub

कोरोना भाइरसविरुद्ध लड्न पूर्व डीआईजी खरेलले दिए सरकारलाई यस्ता सुझाव


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले कोरोना भाइरविरुद्ध लड्न सरकारलाई सुझाव दिएका छन् । उनले सरकारलाई विभिन्न ६ वटा सुझाव दिएका छन् ।

हाम्रो नेपाल सुशासन अभियानका प्रमुख समेत रहेका पूर्व डीआइजी खरेलले कोरोना भाइरस संक्रमणबाट जोगिन विदेशबाट फर्किएका र गाउँमा रहेकाहरुमाथि सरकारले विशष ख्याल गर्न सुझाव दिएका छन् ।

त्यस्तै लकडाउनका कारण दैनिक ज्याला गरि खाने र गरीब समस्यामा परेको भन्दै सरकारले विशेष प्याकेज ल्याउनु पर्ने उनले बताए ।

यस्तो छ उनको सुझाव

१. यो अन्य प्राकृतिक विपदभन्दा विल्कुलै फरक भएका कारण हामीले चाहेर पनि प्रत्यक्ष रूपमा अघि सरेर योगदान गर्न नसकिने अवस्था भएकाले जिम्मेवार र तुलनात्मक रूपमा सुरक्षित भई कार्य गर्ने क्षेत्रबाट देखाउने क्रियाशीलताको ठूलो भूमिका रहेको छ । यो भनेको राज्य संयन्त्रको अगुवाई र भूमिका नै हो। जिम्मेवार पदमा आसिनहरूले यो संकटको घडीमा खेल्ने भूमिका र देखाउने योग्यता महत्त्वपूर्ण हुन्छ।

२. यो संकटपूर्ण घडीमा संक्रमित व्यक्तिको पहिचान र द्रुत आइसोलेसन तथा उपचार, सामाजिक दुरी पालना र लकडाउनमा सबैको ध्यान जानु आवश्यक छ।

३. अप्रत्यासित रूपमा आएको यो संकटले विपन्न र गरीब वर्गलाई बढी पीडा दिएको हुँदा रोजगार विहीन अवस्थामा जीवन यापनका लागि सरकारले तुरुन्त आर्थिक राहत उपलब्ध गराउन जरुरी भएको छ। सर्वसाधारणलाई अत्यावश्यक खाद्यलगायत वस्तुहररूको आपूर्तिका लागि भरपर्दो र सुरक्षित उपाय अवलम्बन गरिनुपर्ने आवश्यकता देखिएको छ।

४. यो संकटको घडीमा अहोरात्र खटिएका डाक्टर, नर्स, प्यारामेडिकल, सुरक्षाकर्मीलगायत राष्ट्रसेवकहरूलाई उनीहरूको जीवनरक्षा गर्न र कार्यको मूल्यांकन गर्दै उत्प्रेरणा जगाउन राष्ट्रले यथेष्ट ध्यान पुर्‍याइ साधनस्रोत सम्पन्न बनाउन अपरिहार्य विषय छ।

५. लकडाउन परिचालनका लागि शहर–बजारमा ध्यान केन्द्रित भएको अवस्थामा देश बाहिर (रोजगारीबाट) आएका र सहरबाट गाउँतर्फ गएका व्यक्तिहरूबाट अवस्थाकाको पालना भए/नभएको बारे सम्बन्धित निकायले ध्यान पुर्याइ यो कुराको महत्त्व दिई सामाजिक चेतना जगाउन यथेष्ट ध्यान पुराइयोस्।

६. यो संकटपूर्ण बेला सबैले नैतिकता, इमानदारिता र पारदर्शिता कायम गरी सुशासनको प्रत्याभूति गर्नु परम कर्तव्य हुन आउँछ। कालोबजारी, मिसावट, लुकाउने, होर्डिङ गर्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति महापाप हो र यसलाई सबैले बुझ्नू र मनन गर्नु परम कर्तव्यको विषयसमेत हो। यो महामारीबाट हामी सबै चाँडै मुक्त हुन सकौं।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १२ : १२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट