कोरोना संक्रमणको जोखिम कम गर्न अख्तियारको हिरासतमा रहेका ८ जना आरोपी रिहा « Khabarhub

कोरोना संक्रमणको जोखिम कम गर्न अख्तियारको हिरासतमा रहेका ८ जना आरोपी रिहा


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो हिरासतमा रहेका ८ जना आरोपितहरुलाई रिहा गरेको छ ।

सरकारले यसअघि नै सामान्य प्रकृतिको घटना र कसुरसँग सम्बन्धित आरोपित र अभियुक्तहरुलाई छाड्ने क्रम शुरु गरिसकेको थियो ।

प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले पनि कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै कारागार तथा बन्दी गृहमा भीड कम सरकारलाई निर्देशन दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले कसुरको गाम्भिर्यता र अनुसन्धानको पूर्णयता समेतलाई बिचार गरी ८ जना आरोपितलाई धरौटी लिएर तारेखमा राख्ने निर्णय भएको जानकारी दिए ।

‘कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कसुरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेका मध्ये हाल ८ जनालाई हिरासतमा नराखी बाँकी अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेखमा राख्ने निर्णय भएको छ,’ प्रवक्ता कोइरालाले भने ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १२ : ३७ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा