चीनले दिएको कोरोना परीक्षण किट्स आइतबार नेपाल आइपुग्ने « Khabarhub

चीनले दिएको कोरोना परीक्षण किट्स आइतबार नेपाल आइपुग्ने


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन सरकारले दिएको कोरोना परीक्षण किट्स आइतबार नेपाल आइपुग्ने भएको छ ।

शनिबारसम्म ल्याउने योजना भए पनि बेइजिङबाट हिंड्न ढिला भएका कारण कोरोना परीक्षण किट्न आइतबार नेपाल आइपुग्ने भएको हो ।

‘आइतबार बिहान तातोपानी आइपुग्छ। साँझमा काठमाडौं आइपुग्छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिनियाँ नाकाबाट यो सामानभन्दा अघि अरु कुनै सामान आउने सम्भावना छैन’

नाकामा कोरोना परीक्षण तथा त्यससँग अन्तरसम्बन्धित सबै काम स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले गर्नेछन्।

हालसम्म नेपालमा ८ सय जनामा कोरोना परीक्षण भइसकेको छ।

नेपालमा कोरोना फैलनुपूर्व नै करिब २ हजार जनालाई पुग्ने किट थियो। अब करिब १२ सय जनालाई परीक्षण गर्न पुग्ने किट छ। कोरोना संक्रमण नेपालमा पनि फैलिन थालेपछि चीनबाट थप नयाी किट ल्याउन लागिएको हो।

किट्स उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले करिब ३६ लाख नेपाली रुपैयाँ बराबरका उक्त सामग्री बुधबार बेइजिङस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया