अस्पताल र खाद्यान्न पसल बाहेकका स्थानमा ननिस्कन जापानमा विशेष सूचना « Khabarhub

अस्पताल र खाद्यान्न पसल बाहेकका स्थानमा ननिस्कन जापानमा विशेष सूचना


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्दै गरेको जापानले आफ्ना नागरिकलाई थप सचेत रहन आग्रह गरेको छ ।

टोकियो गभर्नर कोइकेले शुक्रबार राति पत्रकार सम्मेलन गर्दै अस्पताल वा खाध्यान्न बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेकी छन् ।

अत्यावस्यक बाहेक घर बाहिर ननिस्कन गरेको अनुरोध अटेरी गरेपछी कोइकेले टोकियोवासिलाई किटानी गरेरै अस्पताल वा खाध्यान्न बाहेक घर बाहिर ननिस्कन बिशेष आग्रह गरेको हुन् ।

कोरोनाको जोखिम रहेको अवस्थामा समेत साकुराका पार्कमा भिड लाग्ने, बजारमाअनावश्यक घुम्न हिंड्ने र होटल रेस्टुरेन्टमा जमघट उस्तै रहेको भन्दै उनले असन्तुस्टि पोखेकी छन् ।

आजदेखि अप्रिल ३ तारिखसम्म उपचार र खाध्यान्नको लागि बाहेक घरबाहिर ननिस्कन सचेत गराउदै टोकियो महानगर गभर्नर कोइकेले भनेकी छिन्-‘अहिलेकोरोना भाईरस फैलने क्रम बिस्फोट हुने अवस्थामा पुगेको छ, त्यसैले एक हप्ता गरमै बस्नुस् साकुरा अर्को बर्ष पनि फुल्छ ।

बुधवारनै संक्रमण बढ्दो पाएपछी आकस्मिक पत्रकार सम्मेलन गरेकी टोकियोकी गभर्नरकोइकेले बिहीवार प्रधानमन्त्रि आबेलाइ भेटेकी थिइन् । कोरोनाको गतिसंगै सक्रियता बढाएकी कोइकेले छिमेकका प्रिफेक्चरहरुसँग समेत सहकार्य बढाएकी छिन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : २२ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको