प्रचण्ड भन्छन्– कोरोना भाइरसको महामारीबाट छिट्टै मुक्त हुनेछौं « Khabarhub

प्रचण्ड भन्छन्– कोरोना भाइरसको महामारीबाट छिट्टै मुक्त हुनेछौं


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट छिटै नै मुक्त भइने विश्वास व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्नका लागि सरकारले जारी गरेको निर्देशन पालना गर्नुको विकल्प नभएको पनि बताएका छन् ।

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले अहिले लकडाउनको घोषणा गरेको प्रचण्डको भनाइ थियो । लकडाउनको बेला पूर्ण अनुशासनमा बस्न र घरबाहिर ननिस्किन पनि प्रचण्डले आम सर्वसाधारणलाई अनुरोध गरे ।

प्रचण्डले नेपालमा ४ जनामा कोरोना देखिएको तथा १ जना उपचारपछि निको भइसकेकाले आत्ति हाल्नुपर्ने अवस्था नभएको बताएका छन् । तर, चीन, इटाली, अमेरिका लगायत विकसित देशमा देखिएको स्थितिबाट पाठ सिकेर विशेष सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

प्रचण्डले कोरोनाविरुद्धको लडाइँमा जोखिम उठाएर क्रियाशील रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च राख्नका लागि आवश्यक उत्प्रेरणा, सुरक्षा र सातै प्रदेशमा उपकरणहरुको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

‘कोरोना भाइरविरुद्धको लडाइँमा सबैभन्दा अग्रमोर्चामा रहेर क्रियाशील रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र आम सञ्चारकर्मीको म उच्च प्रसंशा गर्दछु,’ अध्यक्ष प्रचण्डले भने, ‘आम सञ्चारमाध्यमहरुले यथोचित संयमता, आधिकारिक सूचना तथा शिक्षा जनतामा पु¥याउने काममा सबभन्दा बढी ध्यान दिनुहुने छ भन्ने मेरो विश्वास छ ।’

अध्यक्ष प्रचण्डले संकटको यो अवस्थामा सहयोगको ‘मुठी फुकाउन’ निजी क्षेत्रका अगुवा र व्यवसायीहरुसँग अनुराेध गरे । प्रचण्डले आफ्नो पार्टी (नेकपा)का नेता तथा कार्यकर्तालाई कोरोनाविरुद्धको लडाइँमा स्वयम्सेवीका रुपमा सावधानी पूर्वक नेतृत्व गर्न पनि आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ३३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता