प्रचण्ड भन्छन्– कोरोना भाइरसको महामारीबाट छिट्टै मुक्त हुनेछौं | Khabarhub Khabarhub

प्रचण्ड भन्छन्– कोरोना भाइरसको महामारीबाट छिट्टै मुक्त हुनेछौं


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट छिटै नै मुक्त भइने विश्वास व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्नका लागि सरकारले जारी गरेको निर्देशन पालना गर्नुको विकल्प नभएको पनि बताएका छन् ।

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले अहिले लकडाउनको घोषणा गरेको प्रचण्डको भनाइ थियो । लकडाउनको बेला पूर्ण अनुशासनमा बस्न र घरबाहिर ननिस्किन पनि प्रचण्डले आम सर्वसाधारणलाई अनुरोध गरे ।

प्रचण्डले नेपालमा ४ जनामा कोरोना देखिएको तथा १ जना उपचारपछि निको भइसकेकाले आत्ति हाल्नुपर्ने अवस्था नभएको बताएका छन् । तर, चीन, इटाली, अमेरिका लगायत विकसित देशमा देखिएको स्थितिबाट पाठ सिकेर विशेष सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

प्रचण्डले कोरोनाविरुद्धको लडाइँमा जोखिम उठाएर क्रियाशील रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च राख्नका लागि आवश्यक उत्प्रेरणा, सुरक्षा र सातै प्रदेशमा उपकरणहरुको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

‘कोरोना भाइरविरुद्धको लडाइँमा सबैभन्दा अग्रमोर्चामा रहेर क्रियाशील रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र आम सञ्चारकर्मीको म उच्च प्रसंशा गर्दछु,’ अध्यक्ष प्रचण्डले भने, ‘आम सञ्चारमाध्यमहरुले यथोचित संयमता, आधिकारिक सूचना तथा शिक्षा जनतामा पु¥याउने काममा सबभन्दा बढी ध्यान दिनुहुने छ भन्ने मेरो विश्वास छ ।’

अध्यक्ष प्रचण्डले संकटको यो अवस्थामा सहयोगको ‘मुठी फुकाउन’ निजी क्षेत्रका अगुवा र व्यवसायीहरुसँग अनुराेध गरे । प्रचण्डले आफ्नो पार्टी (नेकपा)का नेता तथा कार्यकर्तालाई कोरोनाविरुद्धको लडाइँमा स्वयम्सेवीका रुपमा सावधानी पूर्वक नेतृत्व गर्न पनि आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ३३ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले