लकडाउनको समयमा पनि मानिसहरु हिँडेको भन्दै स्थानीयवासीद्वारा बाटो बन्द « Khabarhub

लकडाउनको समयमा पनि मानिसहरु हिँडेको भन्दै स्थानीयवासीद्वारा बाटो बन्द


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- लकडाउनका समयमा पोखरा महानगरपालिका–३३ स्थित बरभोटेनी हुँदै तनहुँ तथा स्याङ्जातर्फ आवतजावत गर्ने क्रम बढेपछि आज स्थानीयवासीले बाटो बन्द गरिदिएका छन् ।

साविक भरतपोखरी गाविसको वडा नं ५ र ६ को सिमानामा पर्ने बरभोटेनी हुँदै तनहुँको दुलेगौँडा, स्याङ्जाको प्युरीदोभानलगायतका स्थानका साथै ती स्थानबाट पोखराको छोरेपाटन निस्कने क्रम बढेपछि बरभोटेनीमा बाटोमा अस्थायी बार लगाएर आवतजावतमा रोक लगाइएको हो ।

लकडाउनको समयमा पनि पोखराको छोरेपाटनबाट दक्षिण–पश्चिम भेगको बैकल्पिक बाटो प्रयोग गरी दुलेगौँडा एवम् तनहुँका विभिन्न स्थानमा आवतजावत गर्ने क्रम बढेका कारण बाटो बन्द गर्न बाध्य भएको स्थानीयवासी मदन खड्का क्षेत्रीले बताए ।

आवतजावतमा रोक लगाउँदै स्थानीयवासीले बरपौवा टोल विकास संस्थाका नाममा सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न बाटो बन्द गर्नुपरेको जनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ३१ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको