कोरोना संक्रमित धनगढीका युवाको सम्पर्कमा आएका ९ जना पनि क्वारेन्टाइनमा « Khabarhub

कोरोना संक्रमित धनगढीका युवाको सम्पर्कमा आएका ९ जना पनि क्वारेन्टाइनमा


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपालमा कोरोना भाइरस संक्रमित चौथो व्यक्तिको सम्पर्कमा आएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

शुक्रबार सरकारले धनगढीका ३४ वर्षीय युवालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो ।

धनगढी उपमहानगरपालिका–५ तारानगर घर भएका ती युवकको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

परिवारका ८ जना सदस्य र उनलाई अस्पताल पु¥याउने अर्का १ जना गरी ९ जनालाई शनिबार बिहान एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा उनीहरुको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना संक्रमण देखिएका युवकलाई पनि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

गत चैत ७ गते फ्लाइ इमिरेट्सको विमानबाट भारतको दिल्ली र दिल्लीबाट बिस्तारा एयरलाइन्सको जहाजमार्फत काठमाडौं आइपुगेका ती युवक ८ गते बुद्ध एयरको जहाजमार्फत नेपालगञ्ज उत्रेर माईक्रो चढी धनगढीस्थित घर आइपुगेका थिए ।

घर आइपुगेको केही दिनपछि ज्वरो आउने तथा खोकी लाग्ने जस्ता लक्षण देखिएपछि ११ चैतमा सेती प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालले ११ गते नै उनको स्वाव संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो ।

प्रयोगशालामा परीक्षणका क्रममा उनको कोरोना संक्रमण देखिएको थियो ।

तर, उनले भने अस्पतालबाट कुनै उपचार र सुविधा नपाएको गुनासो गरेका छन् ।

शनिबार बिहान स्थानीय सञ्चारकर्मीको सम्पर्कमा आएका उनले आफूलाई शव गृह नजिकको एउटा कोठामा राखिएको र आफ्नो अवस्थाबारे बुझ्न कुनै चिकित्सक नआएको गुनासो गरेका थिए ।

सेती प्रादेशिक अस्पतालले भने शनिबार दिउँसो उनको स्वास्थ्य परीक्षण गरिएको र सबै अवस्था सामान्य रहेको बताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ३ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया