घरमा बसेका क्रिकेटरलाई फिट रहन फिजियोले दिए यस्ता टिप्स « Khabarhub

घरमा बसेका क्रिकेटरलाई फिट रहन फिजियोले दिए यस्ता टिप्स


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) अहिलेसम्म विश्वका झण्डै २ सय देशलाई प्रभावित पारेको छ ।

नेपाल पनि यसबाट अछुतो रहेको छैन । अहिलेसम्म नेपालमा ४ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । जसमा ३ जना उपचारत छन् भने एक जनालाई निको भइ घर फर्किसकेको छन् ।

कोरोना भाइरसको संक्रमण थप नफैलियोस् भन्नका लागि लकडाउन गर्ने निर्णय नेपाल सरकारले गरेको छ ।

अत्यावश्क सेवाबाहेक सबै बन्द रहेका छन् । मानिसहरु घर भित्रै बसेका छन् । उद्योगी, व्यापारी, शिक्षक विद्यार्थी, जागिरे देखि खेलाडी सम्म घरभित्रै रहेका छन् ।

सधै मैदान र अभ्यास स्थलमा भेटिने खेलाडीहरु कसरी फिट रहने भन्ने विषयमा हामीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका फिजियोथेरापिष्ट विक्रम न्यौपानेसँग कुराकानी गरेका छौं ।

न्यौपानेले राष्ट्रिय टोलीका सबै खेलाडीहरुलाई घरमा बस्दा के कस्तो गर्ने भन्ने गाइडलाइन्स दिइसकेको बताएका छन् । यस्तै, उनले खेलाडीहरुले यस्तो समयमा जसरी भएपनि आफ्नो फिटनेसमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

यसरी रहन सकिन्छ ‘फिट’

–खेलाडीहरुले हरेक दिन गर्ने के के गर्ने भन्ने तालिका बनाएर काम गर्नु पर्छ ।

–आफुलाई जसरी हुन्छ एक्टीभ राख्ने ।

–दिनमा कम्तीमा पनि १ देखि डेढ घण्टासम्म अभ्यास गर्ने ।

–घरमा सानो क्षेत्रमा भएपनि दौडिने ।

–भित्रै बसेर एक्ससाइजहरु गर्ने ।

–भिटामिनको कमी भएका खेलाडीहरुले हरेक दिन बिहानको समयमा  घाममा बस्ने ।

–एक्ससाइज गर्ने । त्यो भिडियोहरु साथिहरुलाई देखाउने ।
साथिहरुबीच अनुभव सेयर गर्ने।

–किताबहरु पढ्ने । आफुलाई मन परेको नोबेल, मोटिभेस्नल फिल्म गितहरु सुन्ने ।

के खाने के नखाने ?

–चिल्लो खानेकुरा कम खाने ।

–नियमित डाइट गर्ने ।

–दिनमा एक गिलास दुध खाने ।

–विषेशगरि बिहानको नास्तामा चिल्लो कम खाने ।

–फलफूल खाने । दिनमा कम्तीमा १,२ वटा केरा खाने ।

–बिहानको नास्तामा कहिलेकेही फरक फरक दिनमा फरक फरक खाद्यान्न पर्ने गरी मकै, कोदो, फापर, सातुहरुहरु खाने ।
–पानी प्रयाप्त पीउने ।

–पानी पनि मनतातोमात्रै पीउने ।

–घरमा ग्रिन टि छ भने बिहान र बेलुकी एक–एक कप पीउने ।

गर्न नहुने काम

–जे पायो त्यहिँ नखाने ।
–साथिभाईसँग भेटघाट नगर्ने ।
–अनावश्यक सामाजिक सञ्जालमा समय नविताउने ।
–अनावश्यक पोष्टहरु सेयर नगर्ने ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ३ : २२ बजे

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६६ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६६

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई

अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर

काठमाडौं – फिल्म ‘पुजार सार्की’बाट फुल फ्लेज नायिका बनेकी अञ्जना

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी