इटालीका शवगृह भरीभराउ, आफन्तविनै अन्तिम संस्कार | Khabarhub Khabarhub

इटालीका शवगृह भरीभराउ, आफन्तविनै अन्तिम संस्कार


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रीयजन गुमाउँदा दर्जनौं मानिसहरु शोकमा हुन्छन् । अन्तिम विदाईका क्रममा सयौं मानिस संस्कारस्थलसम्म पुग्छन् ।

तर इटालीको दृश्य हृदयविदारक छ । कोरोना भाइरसको महामारीपछि सरकारले लकडाउन गरेको छ । दैनिक जसो सयौं मानिसको मृत्यु  भइरहेको छ ।

इटालीका सबैजसो शवगृह भरिभराउ भएका छन् । अवस्था यस्तो छ कि आफन्तको शव बुझ्ने समेत मानिस छैनन् । यो अवस्थाकाबीच सैनिकले एकैपटक धेरै शव लगेर गाड्दै आएका दृश्य देखिएका छन् ।

इटालीमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने धेरै मानिससँग अन्तिम स्वाँस फेर्दा परिवारका सदस्य वा कुनै साथी हुदैननन्।

उनीहरुबाट कुनै दोस्रो व्यक्तिमा संक्रमण नफैलियोस भनेर अस्पतालमा भेटघाट प्रतिबन्ध लगाइएको छ ।

यद्यपि स्वास्थ्य अधिकारीहरुका अनुसार शवमा भाइरसको संक्रमण हुँदैन। तैपनि भाइरस मृत्यु भएको व्यक्तिको कपडामा केही घन्टासम्म जिवित रहनसक्छ। यसको मतलब यो हो की शवलाई तुरुन्तै सिल गर्न आवश्यक हुन्छ।

इटालीको क्रेमोनामा शवलाई अन्तिम संस्कारका लागि तयार गर्ने काममा संलग्नहरुलाई उदृत गर्दै बीबीसीले लेखेको छ ‘धेरै परिवारका सदस्यहरुले सोध्ने गर्दछन, हामी अन्तिम पटक प्रियजनलाई देख्न सक्छौं ? तर, उनीहरुलाई त्यसमा पनि अनुमति मिल्दैन, किनकी भाइरसको संत्रासले सबै किसिमका भेटघाटमा प्रतिबन्ध लगाइएको छ।’

सामान्यतया परिवारजनले निधन भएको व्यक्तिलाई मन पर्ने कपडा लगाइदिने, उसलाई सजाउने र अन्तिम संस्कार गर्ने परम्परा इटालीमा पनि छ।

तर, अहिले कोरोना भाइरसबाट मर्नेको अन्तिम संस्कारमा मनपर्ने कपडा लगाउन सक्ने अवस्था छैन। उनीहरुलाई अस्पतालले उपचार गर्दा लगाएको गाउनमा गाड्ने गरिएको छ।

शुक्रबार साँझसम्म इटालीमा ९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ । शबलाई सेनाले ट्रकका ट्रक कफिनमा हालेर सामुहिक रुपमा लगेर गाड्दै आएको छ । जहाँ न आफन्त हुन्छन् न त इष्टमित्र नै । इटालीका मानिस आफ्नो प्रियजनको विदाईमा पनि मन बाँधेर बस्न बाध्य छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ४ : १८ बजे

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ