कोरोना भाइरसबारे परामर्श लिनुपरेमा फोन गर्नुस् ११३३ र १११५ मा, पैसा लाग्दैन   | Khabarhub Khabarhub

कोरोना भाइरसबारे परामर्श लिनुपरेमा फोन गर्नुस् ११३३ र १११५ मा, पैसा लाग्दैन  


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसबारे जानकारी तथा परामर्शका लागि स्वास्थ्य मन्त्रालयले दुई वटा पैसा नलाग्ने फोन नम्बरको व्यवस्था गरेको छ ।

कोरोनाबारे सर्वसाधारणका समस्याहरुको सम्बोधन मन्त्रालयले शनिबारबाट ११३३ नम्बरको नयाँ कलसेन्टर शुरु गरेको हो ।

योभन्दा अगाडि सरकारले कोरोना भाइरस सम्बन्धी कुनै पनि जिज्ञासा वा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखा परेको खण्डमा १११५ मा फोन गर्न सकिने व्यवस्था मिलाएको थियो ।

उक्त हेल्पलाइनमा दैनिक ६ हजार भन्दा बढी फोन आउन थालेको मन्त्रालयले जनाएको छ । एउटा फोनबाट चाप धान्न नसकिने अवस्था आएसँगै  शनिबारबाट नयाँ कलसेन्टर सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

फोनबाटै परार्मश दिने र स्वास्थ्यकर्मीले जिज्ञासाको समाधान गर्ने उद्देश्यले शुरु गरिएको कलसेन्टर २४ घण्टा खुल्ला रहने उनले बताए ।

गत फागुन ३० गते पहिलो कलसेन्टर सुरु गरिएको थियो।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : २३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम