कोरोना भाइरसबारे परामर्श लिनुपरेमा फोन गर्नुस् ११३३ र १११५ मा, पैसा लाग्दैन   « Khabarhub

कोरोना भाइरसबारे परामर्श लिनुपरेमा फोन गर्नुस् ११३३ र १११५ मा, पैसा लाग्दैन  


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसबारे जानकारी तथा परामर्शका लागि स्वास्थ्य मन्त्रालयले दुई वटा पैसा नलाग्ने फोन नम्बरको व्यवस्था गरेको छ ।

कोरोनाबारे सर्वसाधारणका समस्याहरुको सम्बोधन मन्त्रालयले शनिबारबाट ११३३ नम्बरको नयाँ कलसेन्टर शुरु गरेको हो ।

योभन्दा अगाडि सरकारले कोरोना भाइरस सम्बन्धी कुनै पनि जिज्ञासा वा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखा परेको खण्डमा १११५ मा फोन गर्न सकिने व्यवस्था मिलाएको थियो ।

उक्त हेल्पलाइनमा दैनिक ६ हजार भन्दा बढी फोन आउन थालेको मन्त्रालयले जनाएको छ । एउटा फोनबाट चाप धान्न नसकिने अवस्था आएसँगै  शनिबारबाट नयाँ कलसेन्टर सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

फोनबाटै परार्मश दिने र स्वास्थ्यकर्मीले जिज्ञासाको समाधान गर्ने उद्देश्यले शुरु गरिएको कलसेन्टर २४ घण्टा खुल्ला रहने उनले बताए ।

गत फागुन ३० गते पहिलो कलसेन्टर सुरु गरिएको थियो।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया