नेपालगञ्जमा दुर्घटना भएको जहाजमा पहिलेदेखि नै समस्या « Khabarhub

नेपालगञ्जमा दुर्घटना भएको जहाजमा पहिलेदेखि नै समस्या


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोभिड–१९ संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वाब संकलनका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाईन्सको दुर्घटनाग्रस्त वाइ १२ ई जहाजमा पहिले देखी नै समस्या रहेको पाइएको छ ।

आज नेपालगञ्जको धावनमार्गमा ल्याडिंड गर्ने क्रममा दुर्घटना भएको जहाज १७ सिट क्षमताको त्यहीँ वाइ १२ ई मोडेलको जहाजहरु मध्येको एक हो । जसलाई चीनबाट खरीद गरेर ल्याईए पनि पाँच बर्ष थन्काएर राखिएको थियो ।

उक्त मोडेलको जहाज चलाउन प्रशिक्षित पाइलटको अभावलगायत अन्य प्रशासनीक र प्राविधिक कारणले जहाज लामो समयसम्म प्रयोगमा आउन सकेको थिएन ।

सन् २०१४ मा चीनबाट किनिएको उक्त जहान सन् २०१९ बाट उडाउन थालिएको थियो । लामो समयसम्म सो बिमानहरु थन्किदा नेपाल एयरलाइन्स धेरै ठूलो घाटा बेहोर्नु परेको थियो ।

प्रशिक्षित पाइलटको अभावसँगै यो जहाजको गुणस्तरमा पनि पहिले नै समस्या औल्याइएको थियो । यो जहाजले क्षमताले नेपाल नागरिक उडड्यन प्राधिकरणले तोकेको ल्यान्डिंग सम्वन्धी मापदण्ड पूरा गर्न पनि नभ्याउने विज्ञहरुले बताएका छन् ।

प्राधिकरणको मापदण्ड अनुसार यस खालको कुनै पनि जहाज अवतरण गर्दा विमानस्थलमा १.२ डिग्री ग्रेडियेन्टभन्दा माथि उड्न पाउदैन् तर यो जहाजले भने सो मापदण्ड पूरा गर्न सकिदैन्थ्यो ।

उक्सत जहाज सिमरा र पोखरा बिमानस्थलसम्म मात्र उडाइन्थ्यो । तर आज अन्यन्त्र उडान गर्दा दुर्घटना भएको आकलन गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ५८ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको