कोरोना भाइरसको जोखिमबाट बच्न कुखुरा काटेर पूजा | Khabarhub Khabarhub

कोरोना भाइरसको जोखिमबाट बच्न कुखुरा काटेर पूजा


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा-कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाको एक गाउँका बासिन्दाले गाउँमा बलिसहित पूजा गरेका छन् ।

गोरखाको धार्चे गाउँपालिका ३ उहियागाउँका बासिन्दाले गाउँ प्रवेश गर्ने चारैदिशामा शनिबार दिनभर लगाएर पूजा गरेका हुन् ।

धार्चे गाउँपालिका ३ का बडा अध्यक्ष इन्द्रप्रसाद गुरुङका अनुसार उहिया गाउँ प्रबेश गर्ने बाटो र नाकामा कुखुरा काटेर पूजा गरिएको हो । 

धामीझाँक्रीले भाले काटेर, धुप बालेर करिब चार घण्टासम्म प्रकृति पूजा गरेको उनले बताए ।

प्राकृतिक देवता खुशी भए गाउँमा अनिष्ट नभित्रिने जनविश्वास छ ।

 शनिवारको पूजाका लागि स्थानीयले भेटी, अक्षतासहितका आवश्यक चिज जोहो गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ०६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम