सप्तरीका क्वारेन्टाइनमा एक सय २२ जना  « Khabarhub

सप्तरीका क्वारेन्टाइनमा एक सय २२ जना 


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन एकान्तवासका लागि जिल्लाका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा एक सय २२ जना पुगेका छन् ।

भारतलगायत विदेशबाट आएका आठ महिलासहित १२२ जनालाई राखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा विदेशबाट आएकाको खोजी गर्दै राख्न थालिएपछि सङ्ख्या थपिदै गएको हो ।

भारतीय खुला सीमामा रहेको जिल्लाका हनुमाननगर कंकालिनी नपा–११ स्थित सामुदायिक भवनमा एक महिलासहित १२, कञ्चनरुप नपा–८ स्थित सर्वोदय माविमा दुई महिला र एक पुरुष, वडा नम्बर–११ स्थित दुर्गा आधारभूत विद्यालय ठेलियामा चार पुरुष, वडा नम्बर–१२ स्थित शंकर माविमा तीन पुरुष, बोदे बर्साइन नगरपालिकास्थित जीवनदिप अस्पताल र जियालाल माविमा चार÷चार पुरुष, डाकनेश्वरी नगरपालिकास्थित कच मावि पातोमा चार पुरुष, खडक नगरपालिका–९ स्थित स्वास्थ्य चौकी मैना सहर्षबाहुमा दुई पुरुष र राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा एक महिलासहित १२ लाई राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियामा छ पुरुष, छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालामा तीन महिलासहित १३, तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बृद्धाश्रममा आठ पुरुष र वडा नम्बर–८ स्थित लक्ष्मी बल्लभ नरसिंह माविमा चार पुरुष, अग्नीसाइर कृष्णसवरण गाउँपालिकास्थित जनचेतना मावि घोघिदाहामा एक महिलासहित १५, बिष्णुपुर गाउँपालिकास्थित जनता मावि बिष्णुपुर कट्टीमा नौ पुरुष, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीमा सात पुरुष, राजगढ गाउँपालिकास्थित जसमावि नर्घोमा दुई पुरुष, तिरहुत गाउँपालिका–५ स्थित सरस्वती जनता मावि लोहजरामा चार पुरुष, रुपनी गाउँपालिका–४ स्थित जमुनी मधेपुरा माविमा दुई पुरुष र मावि तेरहौतामा चार पुरुषलाई राखिएको छ ।

आज बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियाबाट एक महिलासहित १२ र अग्नीसाइर कृष्णसवरण गाउँपालिकास्थित जनचेतना मावि घोघिदाहाबाट एक पुरुषलाई घर पठाइएको छ । यसअघि शम्भुनाथ नगरपालिका–७ स्थित बुद्धिलाल बिद्या मुनर नमूना मावि भगवतपुरबाट पाँच पुरुष, राजगढ गाउँपालिकास्थित जसमावि नर्घोबाट तीन पुरुष र राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलबाट एक पुरुषलाई घर पठाइएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ३४ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी