विदेशबाट फर्केकाको लगत संकलन गर्दै दैलेख प्रशासन, भारतबाट आउनेको संख्या ९०४ « Khabarhub

विदेशबाट फर्केकाको लगत संकलन गर्दै दैलेख प्रशासन, भारतबाट आउनेको संख्या ९०४


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा भारतबाट दैलेख फर्कनेहरूको संख्या करिब हजार पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलनलाई तीव्र बनाएको छ ।

पछिल्लो प्राप्त जानकारीअनुसार संक्रमण बढेसँगै भारतबाट दैलेख आउनेको संख्या ९०४ पुगेको छ ।

भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण स्वास्थय सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्लाअधिकारी युवराज कट्टेलले बताए ।

यसैबीच जिल्लाका विभिन्न स्थानमा १८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । ३३ वटा आइसोलेशन कक्ष र तीन हाइ केयर युनिट तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिए ।

भारतबाट फर्कनेहरुको संख्या ९ सय पुगिसकेको भए पनि क्वारेन्टाइनमा बस्ने अहिलेसम्म १६ जना मात्र छन् ।

अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा राख्ने निर्देशन जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ५४ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी