सेनाको हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार « Khabarhub

सेनाको हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङकी एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

खोटाङ ऐसेलुखर्क गाउँपालिका–३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था कमजोर भएपछि शनिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको हो ।

लकडाउन भएका कारण यातायात नचलेको अवस्थामा ती महिलाको महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ ।

पाँच महिनाकी गर्भवती तामाङलाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो। शनिबार बिहानै ऐसेलुखर्क्स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेको शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडौँ सिफारिस गर्नुपरेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिए ।

तामाङको पाठेघरमा समस्या देखिएको थियो । शुक्रबार बेलुका देखिनै अत्याधिक रक्तश्राव भएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले त्यहाँ उपचार गर्न नसकेपछि हेलिकप्टरबाट काठमाडौँमा उपचार शुरु गरिएको तामाङका पति गणेश तामाङले बताए ।

स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार गर्न नसकेपछि खोटाङ्का प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको आग्रह र प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलको सिफारिसमा नीजलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

यसैबीच, मन्त्री गुरुङले ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिएका छन् । उनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिको विशेष व्यवस्था गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १० : २९ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको