कोरोना भाइरस : ३० लाख ६२ हजार संक्रमित, २ लाख ११ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : ३० लाख ६२ हजार संक्रमित, २ लाख ११ हजारको मृत्यु

अमेरिकामा मात्रै १० लाख संक्रमित


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजाहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ४ हजार २८७ जनाको मृत्यु भएको छ भने ६५ हजार ८१९ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या ३० लाख ६२ हजार ६२ पुगेको छ ।

अमेरिकामा मात्रै १० लाख संक्रमित

कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाखभन्दा बढी संक्रमित भएका छन् ।

महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार २३६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार ४३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ३७ हजार ७३९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८ लाख १३ हजार ६६५ जनामध्ये १४ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३३३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २६ हजार ९७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ४१४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६६ हजार ६२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ५ हजार ८१३ जनामध्ये १ हजार ९५६ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म स्पेनमा पछिल्ला २४ घण्टामा कोरोना भाइरसले ३३१ जनाको मृत्यु भएको छ भने २ हजार ७९३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कुल मृतकको संख्या २३ हजार ५२१ पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ४२२ पुगेको छ ।

१ लाख २० हजार ८३२ जना उपचारपछि निको भएका छन् । ८५ हजार ६९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ४३७ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको संख्या २३ हजार २९३ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ९२ पुगेको छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २३ हजार ९९७ जना, उत्तर अमेरिकी मुलुकहरुमा ६१ हजार ५४८ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १७ हजार ५७५, अफ्रिकी मुलुकहरुमा १ हजार ४६६ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १०२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : ५४ बजे

एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले

दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता

नेपालगन्ज– निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

एजेन्सी – पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः

गृहमन्त्री र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच सहकार्य बढाउनेबारे छलफल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला