युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन « Khabarhub

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ।

४० डिग्री सेल्सियस तापक्रम नाघिरहेको अवस्थामा वैज्ञानिकहरू यसको मुख्य कारण जलवायु परिवर्तनलाई मानेका छन्। विज्ञहरुले युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश बनेको र तातो लहर अहिलेसम्मकै खराब बिन्दुमा पुगेको बताएका छन्।

युरोपका सयौं शहरका मान्छेहरु अहिलेसम्मकै खराब हीट स्ट्रेसबाट गुज्रिरहेका छन्। पश्चिमी युरोपलाई जलाउने गर्मीको लहर अहिलेसम्मकै सबैभन्दा गम्भीर र व्यापक मानिएको छ।

जीवाश्म इन्धन जलाएका कारण हुने जलवायु संकटका कारण मात्र यस्तो अवस्था बनेको वैज्ञानिकहरुको ठहर छ। युरोपका ८५० ठूला शहरहरू पनि सबैभन्दा खराब गर्मी भोगिरहेका छन्।

बेलायतमा जुन महिनाको सबैभन्दा तातो तापक्रम, समरसेटमा ३६.७ सेल्सियस (९८.०६ फरेनहाइट) रेकर्ड गरेको बेला वैज्ञानिकहरुको नयाँ विश्लेषण आएको छ।

पश्चिमी युरोपको धेरैजसो भागमा मेडिकल इमर्जेन्सी (चिकित्सा आपत्‌काल) को अवस्था तीव्ररुपमा बढेको छ। तातोकै कारण मान्छेहरुले ज्यान गुमाइरहेका छन्।

सन् २०२२ मा, युरोपमा गर्मीकै कारण ६० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। हाल गर्मीको लहरले जनजीवन प्रभावित भइरहेको छ। जीविकोपार्जनमा बाधा पुर्‍याइरहेको छ, विद्यालयहरू बन्द छन्, अस्पतालहरू भरिदै गएका छन् भने महादेशभरि रेल र हवाई यात्रा रद्द गरिएका छन्।

वर्ल्ड वेदर एट्रिब्यूसन (डब्ल्यू डब्ल्यू ए) का वैज्ञानिकहरूले वायुमण्डलमा कार्बन प्रदूषण जम्मा हुँदै जाँदा चरम गर्मी तीव्र रूपमा बढेको विश्लेषण गर्दै तत्काल जलवायु कार्य बिना, भविष्यमा गर्मीको अवस्था अझ चरम हुने चेतावनी दिएका छन्।

‘यो युरोपको ठूलो क्षेत्रलाई असर गर्ने सबैभन्दा गम्भीर र व्यापक गर्मीको लहर हो’ लन्डनका चरम मौसम अनुसन्धान सहयोगी डा. थियोडोर किपिङले भने, ‘विगत ५० वर्षमा जसरी ग्रह १.१ सेल्सियसले तातेको छ, यस प्रकारको हिटवेभको सम्भावना निकै परिवर्तन भएको छ। जलवायु परिवर्तन बिना जुन महिनामा यस्तो घटना सम्भव हुने थिएन भनर हामीले पत्ता लगायौं।’

फ्रान्समा गर्मीले अवस्था गम्भीर बनेपछि ७२ प्रशासनिक क्षेत्रमा रेड अलर्ट नै जारी गरिएको छ। स्पेन, इटाली, बेलायतमा पनि गर्मीको लहरले अघिल्ला रेकर्ड तोडिरहेको छ।

पाँच दशकअघि युरोपमा यस्तो गर्मी हुनु लगभग असम्भव जस्तै थियो। आज यसको सम्भावना २० वर्षअघिको तुलनामा २०० गुणा बढी भएको ‘वर्ल्ड वेदर एट्रिब्यूशन’ को एक अध्ययनको निष्कर्ष छ।

फ्रान्स, इटाली, स्पेन, बेलायत र युरोपका अन्य भागहरूमा लाखौं मानिसहरू ‘हिट डोम’ का कारण अत्यधिक तापक्रम र आद्र्रताको सामना गरिरहेका छन्। जब वायुमण्डलमा उच्च वायुप्रणालीले तातो हावालाई एकै ठाउँमा थुनेर राखी बाहिर निस्कन दिंदैन तब हिट डोम बन्छ।

विज्ञका अनुसार, हिट डोम बनेको क्षेत्रमा लामो समयसम्म अत्यधिक गर्मी हुन्छ, बादल लाग्न पाउँदैन, र हावा पनि चल्दैन। यस्तो बेला तापक्रम सामान्यभन्दा धेरै माथि पुग्छ, जसले गर्दा खडेरी पर्ने, डढेलो लाग्ने र मानिसहरूको स्वास्थ्यमा हिट स्ट्रोक जस्ता गम्भीर असर पर्न सक्छ।

युरोपका धेरै ठाउँमा, दिनको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने राति पनि अत्यधिक तातो/गर्मीका कारण मानिसले राहत पाउन सकेका छैनन्।

वैज्ञानिकहरूले सन् १९७६ र २००३ मा युरोपको सबैभन्दा तातो वर्षको भन्दै आएका छन्। सन् १९७६ जुन महिनाको जलवायुमा यस्तै तातो लहर (हिटवेभ) का क्रममा दिनको तापक्रम आजको भन्दा लगभग ३.५ डिग्री सेल्सियस कम र २००३ मा लगभग २ डिग्री सेल्सियस कम रहेको उनीहरुको अनुमान छ।

यसैगरी रातको तापक्रम १९७६ जुनमा करिब २.४ डिग्री र २००३ मा १.३ डिग्री सेल्सियस भन्दा कम रहेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ३५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी