कोरोना भाइरस : ३० लाख ६२ हजार संक्रमित, २ लाख ११ हजारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : ३० लाख ६२ हजार संक्रमित, २ लाख ११ हजारको मृत्यु

अमेरिकामा मात्रै १० लाख संक्रमित


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजाहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ४ हजार २८७ जनाको मृत्यु भएको छ भने ६५ हजार ८१९ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या ३० लाख ६२ हजार ६२ पुगेको छ ।

अमेरिकामा मात्रै १० लाख संक्रमित

कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाखभन्दा बढी संक्रमित भएका छन् ।

महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार २३६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार ४३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ३७ हजार ७३९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८ लाख १३ हजार ६६५ जनामध्ये १४ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३३३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २६ हजार ९७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ४१४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६६ हजार ६२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ५ हजार ८१३ जनामध्ये १ हजार ९५६ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म स्पेनमा पछिल्ला २४ घण्टामा कोरोना भाइरसले ३३१ जनाको मृत्यु भएको छ भने २ हजार ७९३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कुल मृतकको संख्या २३ हजार ५२१ पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ४२२ पुगेको छ ।

१ लाख २० हजार ८३२ जना उपचारपछि निको भएका छन् । ८५ हजार ६९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ४३७ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको संख्या २३ हजार २९३ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ९२ पुगेको छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २३ हजार ९९७ जना, उत्तर अमेरिकी मुलुकहरुमा ६१ हजार ५४८ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १७ हजार ५७५, अफ्रिकी मुलुकहरुमा १ हजार ४६६ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १०२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : ५४ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता