करिब २५ हजार भारतीय श्रमिक एक महिनादेखि समुन्द्रभित्र डुंगामै « Khabarhub

करिब २५ हजार भारतीय श्रमिक एक महिनादेखि समुन्द्रभित्र डुंगामै


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसक नियन्त्रण गर्न भारत सरकारले लकडाउन गरेपछि करिब २५ हजार भारतीय श्रमिक एक महिनादेखि समुन्द्रभित्र डुंगामा बस्न बाध्य भएका छन् ।

उनीहरु गत मार्च २४ देखि भारतको गुजरातमा पर्ने समुद्री तटबाट छिर्न पाएका छैनन् । एक महिनादेखि आफ्नो डुंगासहित गुजरातको भेरभल बन्दरगाहमै रोकिएको एक पीडित मैलुपल्ली पोलिसुले बताए ।

पोलिसु २५ हजार माझी (माछा मार्नेहरु)मध्ये एक हुन् । जो गत मार्च २४ देखि भारतको गुजरातमा पर्ने समुद्री तटबाट छिर्न पाएका छैनन् । भारतमा देशव्यापी लकडाउन घोषणा गरेदेखि नै यी माझीहरु समुद्रमै रोकिएका हुन् ।

महाराष्ट्र, आन्द्र प्रदेश, उत्तर प्रदेश, बिहार, गुजरात लगायत राज्यबाट माझीहरु हरेक वर्ष अगस्ट महिनामा समुद्रमा महिनामा यसै गरी माछा मार्न जाने गर्छन् । आफ्नो जीवीकोपार्जनका लागि अगस्टमा माछा मार्न गएर मार्चमा फर्कने गर्छन् ।

‘हामीसँग सीमित मात्रै पिउने पानी छ । डुंगामा ट्वाइलेटको सुविधा छैन । दुई छाक मात्रे खाना पाएका छौँ । जसरी पनि हामी छिटो घर पुग्न चाहने एउटै चाहना छ,’ पोलिसुले भने ।

भारत सरकारले लकडाउनको घोषणा गर्दा गुजरात, महाराष्ट्र र कर्नाटकामा यस्ता हजारौँ माछा मार्ने श्रमिकहरु समुन्द्रमै थिए । जो अहिलेसम्म फर्कन सकेका छैनन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ०७ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल