भारतको मध्य प्रदेश राज्यमा पीपीई उत्पादन सुरु « Khabarhub

भारतको मध्य प्रदेश राज्यमा पीपीई उत्पादन सुरु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले व्यक्तिगत सुरक्षा पोषाक (पीपीई) अभाव भएपछि भारतको मध्य प्रदेश सरकारले पीपीई उत्पादन सुरु गरेको छ ।

मध्य प्रदेश राज्य राज्य सरकारका अनुसार त्यहाँ दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) उत्पादन सुरु भएको छ । यसको व्यवस्थापन गर्ने जिम्मा प्रादेशिक औद्योगिक केन्द्रलाई दिइएको छ ।

कोरोनाभाइरसको महामारी शुरु भएदेखि मध्य प्रदेश राज्यमा अहिलेसम्म झण्डै एक लाख ५० हजार पीपीई उत्पादन भइसकेको छ ।

उत्पादन भएकामध्ये करिब ७५ हजार पीपीई इन्दौर र भोपालमा पठाइएको प्रादेशिक औद्योगिक विकास केन्द्रका प्रवन्ध निर्देशक कुमार पुरुषोत्तमले जानकारी दिए।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले रक्षा अनुसन्धान तथा विकास संगठनले अनुमोदन गरेर पीपीई उत्पादन गर्न थालिएको जानकारी दिए।

कोरोनाभाइरसबाट सङ्क्रमणको आशंका गरिएका वा सङ्क्रमण भएका विरामीहरुलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरुले पीपीई लगाइने गरिएको छ ।  भारतको मध्य प्रदेशमा मात्रै दैनिक दश हजार पीपीईको माग हुँने गरेको बताइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : १७ बजे

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप