क्वारेन्टाइन अवधि पूरा गर्दा पनि २ हजारभन्दा बढी नेपाली भारतमै रोकिए « Khabarhub

क्वारेन्टाइन अवधि पूरा गर्दा पनि २ हजारभन्दा बढी नेपाली भारतमै रोकिए


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका विभिन्‍न जिल्लामा २ हजारभन्दा बढी नेपालीले क्वारेन्टाइन अवधि पूरा गरेर पनि नेपाल प्रवेश गर्न पाएका छैनन् ।

सामान्यतयाः सरकारले १४ दिनसम्म क्वारेन्टाइन राख्दै आए पनि नेपालमा लकडाउन जारी रहेकाले सीमावर्ती क्षेत्रमा एक महिनादेखि नेपालीहरु अलपत्र परेका हुन् ।

सदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला भारतसँग सीमा जोडिएका छन् ।

ती जिल्लाका सीमा क्षेत्रमा २ हजार ३८ नेपालीहरु अहिले भारतले सीमावर्ती क्षेत्रमा बनाएको क्वारेन्टाइनमा बस्न बाध्य छन् ।

भारतको धार्चुलामा मात्रै विभिन्न चार स्थानमा आठ सय ३० जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको दार्चुलका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले जानकारी दिए ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । सीमामा रहेका नेपालीहरुलाई प्रवेश गर्न दिने नदिनेबारे केन्द्र सरकारसँग समन्वय गरि आवश्यक निर्णय लिइने उनले बताएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : ४२ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल